राती १० बजेपछि देउसी भैलो खेल्न नपाइनेः खेलेमा कारबाही हुने

आजभोलि

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । रातको समयमा नखेली दिनभरी खेल्न आग्रह गरिएको छ ।

रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताए ।
प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यले बताए ।

  • २० कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !