कांग्रेस नेता गच्छदार पार्टीको उपसभापतिमा मनोनित

आजभोलि

कांग्रेस नेता गच्छदार पार्टीको उपसभापतिमा मनोनित

काठमाडौं कांग्रेस नेता विजयकुमार गच्छदार पार्टीको उपसभापतिमा मनोनित भएका छन् आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैंठकले गच्छदारलाइ उपसभापति नियुक्त गरेको हो।

कांग्रेस लोकतान्त्रिक फोरमबीच एकताका बेला भएको सहमतिअनुसार यस्तो निर्णय भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पार्टी एकता गर्दा भएका सहमति पालना नभएको बताउँदै गच्छदार असन्तुष्ट थिए। कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको समायोजनसम्बन्धी प्रतिवेदन पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि मंगलबारको बैंठकले गरेको छ।

यस्तै, मंसिरका लागि तय भएको कांग्रेस महासमिति बैठक पनि २८ मंसिर पुसका लागि सार्ने निर्णय बैठकले गरेको छ। दिपावली, नेपाल सम्बत्, छठलगायत नेपालीहरूका चाडपर्वका कारण महासमिति बैठक सार्नु परेको बैठकको निर्णयमा उल्लेख छ। चाडपर्वको समयमा केन्द्रीय कार्यसमिति बैठक बस्न व्यावहारिक नभएकाले महासमिति भेला सार्नु परेको पनि निर्णयमा उल्लेख छ।

  • २० कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !