कुख्यात विकिनी किलर शोभराज सर्वोच्चमा

आजभोलि

काठमाडौं । कुख्यात विकिनी किलरको नमाले कुख्यात नागरिक चाल्र्स गुरुमुख शोभराजद्वारनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनी फ्रान्सका नागरिक हुन् । उनलृ ज्येष्ठ नागरिकले पाउने सुविधाका लागि रिट दायर गरेका हुन् ।

उनको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश अस्वीकार गरेको हो । जबराको इजलासले मागदाबी अनुसार आदेश किन जारी गर्नु नपर्ने भन्दै विपक्षी कारगार व्यवस्था विभाग र गृह मन्त्रालयसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

अमेरिकी नागरिकको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका शोभराज २०६० साल असोज २ गतेदेखि थुनामा छन् । यसबीचमा भक्तपुर जिल्ला अदालतले पनि क्यानेडाली नागरिकको हत्यामा २०७१ सालमा जन्मकैदको आदेश सुनाएको थियो । २०३२ सालको उक्त घटनामा शोभराज सर्वोच्चबाट २०६० सालमा दोषी ठहर हुनुभएको थियो ।

शोभराजले आफू ७४ वर्ष ६ महिना भए पनि कैद छुट नदिएको भन्दै छुटको दाबी रिटमा गर्नुभएको छ । कारागार प्रमुखले उक्त सुविधाका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएको भन्दै सिफारिस कार्यान्वयनको माग उहाँले गर्नुभएको छ । कारागार नियमावली २०२० को नियम २९९२क० बमोजिम ज्येष्ठ नागरिकले चालचलन समेत हेरेर कैद छुट पाउने व्यवस्था गरेको छ । गम्भीर प्रकृतिका अपराधमा कैद छुट नहुने व्यवस्था भए पनि ७० कटेका ज्येष्ठ नागरिकले ७५ प्रतिशतसम्म कैद छुट पाउन सक्नेछन् ।

नियमावलीमा भनिएको छ ‘असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कैदीहरूको हकमा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन वा दुवै आँखा नदेख्ने वा दुवै खुट्टा नचल्ने वा अङ्गभङ्ग भई ओछ्यान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा बाँकी कैदको सजाय छोट्याउन सकिनेछ ।

रिटमा शोभराजले केन्द्रीय कारागारले कारागार नियमावली २०२० को नियम २९ (२ क)  बमोजिम ज्येष्ठ नागरिकले पाउने छुटको आदेश माग गर्नुभएको छ । कारागारले प्रमुख जिल्ला अधिकारीलाई उक्त सिफारिस गरे पनि कार्यान्वयन नभएको उहाँको मागदाबी छ । विभेद बिना कैद छुट दिन २०७५ असार २० गते उच्च अदालत पाटनले जारी गरेको निर्देशनात्मक आदेश समेत पालना नभएको पनि उहाँले रिटमा दाबी गर्नुभएको छ

  • २२ कार्तिक २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !