काठमाडौं । हिन्दूराष्ट्र निर्माणका लागि भनेर तीनओटै राप्रपा एक हुने भएका छन् । आगामी एक महिनाभित्र सबै राप्रपा मिलेर एक पार्टी बन्नेछ, एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले बताए ।
पार्टी एकताको मुख्य आधार भनेको आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र भएको पनि उनले स्पष्ट पारे । उनले चने तीनवटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भसकेको बताएका छन् ।
लोहनीले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे पनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने,‘अध्यक्षमा पनि कुरा मिलेको छ ।
बिना कारण र सिद्धान्त पार्टी टुक्राएका राप्रपाका कार्यकर्ताहरुको आरोप रहेको छ । व्यक्तिगत स्वार्थका लाथि पार्टी फुटेपछि उनीहरुको राष्ट्रिय राजनीतिमा हैसियत सामान्य बनेको छ । अझै पनि उनीहरुको एकताप्रति शंका गर्ने ठाउँहरु प्रशस्त रहेको कार्यकर्ताहरुले दाबी गरेका छन् ।