बाबुको लाशको खोजीमा खशोग्जीका छोरा

आजभोलि

अमेरिका । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

खशोग्जीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महाबाणिज्यदूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आउनुभएको छ ।

सिएनएनसँग वासिङ्टनमा कुरा गर्दै अब्दुल्लाह खशोग्जी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल-बाकीमा दाहसंस्कार गर्नेगरी साउदी सरकारसँग आग्रह गरिएको बताउनुभयो ।

टर्कीका सरकारी वकीलहरुले जमाल खशोग्जीलाई महाबाणिज्यदूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताउनुभएको छ । उहाँले खशोग्जीको शरीर टुक्राटुक्रा पारेको समेत बताउनुभयो ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोआनका सल्लाहकार यासिन आक्टेले शुक्रबार एक लेख प्रकाशित गरी जमाल खशोग्जीको हत्या पश्चात शवलाई तेजाबमा डुबाइएको हुन सक्ने बताउनुभएको छ ।

खशोग्जीको हत्याको संयुक्तराज्य अमेरिका समेत विश्वभरबाट निन्दा र भत्र्सना गरिएको छ । खशोग्जीका छोराहरुले बाबुले गरेका कार्यहरुलाई राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरिएको आशंका समेत व्यक्त गरेका छन् ।

सलाहले सिएनएनसँग भन्नुभयो, “मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही हुनुहुन्थेन । उहाँको अटल विश्वास राजतन्त्रप्रति थियो ।”

अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताउनुभयो । उहाँले प्राप्त जानकारीहरु भ्रमित गर्ने किसिमका रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सामान्य परिस्थिति होइन र उहाँको मृत्यु सामान्य पक्कै होइन ।”

  • २३ कार्तिक २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !