चार वर्षमा १० हजार भन्दा बढी पर्यटकले घुमे शुक्लाफाटा

आजभोलि

 कञ्चनपुर । विश्वकै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुन सकेको छैन । बितेको चार वर्षमा १० हजार ४४५ आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभयो ।

दुई हजार ३०० भन्दा बढी बाह्रसिङ्गा देख्न पाइने शुक्लाफाँटामा मुलुककै सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटर फैलिएको विशाल घाँसे मैदानसमेत रहेको छ । जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गीले भरिपूर्ण यस निकुञ्जमा सोचे जति पर्यटक भने अवलोकनका लागि आउँदैनन् ।

छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीसमेत दूरीका हिसाबले नजिक पर्छ शुक्लाफाँटा तर पश्चिमका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पर्यटकको रोजाइ पोखरा, चितवन र बर्दियालगायतका स्थान परेपनि शुक्लाफाँटाका बारेमा पनि कमै जानकार हुने गरेको अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिनुभयो ।

“यहाँबाट मुलुकभित्र भित्रिने तेस्रो मुलुकका पर्यटक सोझै पोखरा, चितवन, काठमाडौँ जाने बढी हुन्छन्” उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा कमी छ ।” यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि गड्डाचौकीमा राखिएको नेपाल पर्यटन बोर्डको कार्यालय चार वर्षदेखि प्रमुखविहीन छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यहाँको पर्यटकीय क्षेत्र भएपनि प्रचारप्रसारको कमीले पर्यटक कम सङ्ख्यामा भित्रिने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको हालसम्म ३२६ जना पर्यटक शुक्लाफाँटा भित्रिएका छन् । गत आव २०७४र७५ मा यहाँ चार हजार ७४० पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए । त्यसैगरी आव २०७३र७४ मा दुई हजार ६४०, आव २०७२÷७३ मा एक हजार ९२० र आव २०७१÷७२ मा ८२४ ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२० भित्र मुलुकमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेका बेला सुदूरपश्चिम प्रदेशको मुख्यद्वारमै रहेको शुक्लाफाँटा निकुञ्जका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा यहाँका पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी परमानन्द भण्डारीले पनि विगत लामो समयदेखि शुक्लाफाँटामा पर्यटक भित्र्याउन निकै पहलरत छन् । उहाँले शुक्लाफाँटा–रारा, शुक्लाफाँटा–खप्तड प्याकेज सञ्चालन गर्नुभएको थियो ।

  • २४ कार्तिक २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !