प्रधानमन्त्रीको कार्टुन सेयर गरेको भन्दै तिहारकै दिन नेविसंघ अध्यक्ष पक्राउ

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो विगारेको कार्टुन सेयर गरेको भन्दै काभ्रे प्रहरीले कृष्ण ढकाललाई पक्राउ गरिएको छ । उनलाई तिहारको दिन काभ्रेबाट पक्राउ गरिएको हो । उनी काभ्रेको तपेश्वर उच्च माविका ईकाई अध्यक्ष हुन् । उनीलाई १६ वर्ष मात्र पुगेको जनाइएको छ ।

प्रधानमन्त्रीको फेटोलाई व्यङग्य गरिएको कार्टुन फेसबुकमा सेयर गरेको आरोपमा काग तिहारको दिनमा काभ्रे प्रहरीले पक्राउ गरेको हो । नेविसंघका केन्द्रीय सदस्य भोला नेपालका अनुसार ढकालले फेसबुकमा सेयर गरेको उक्त कार्टुन ढकालले बनाएको नभई अरु कसैले बनाएका थिए् । यसमा संचार मन्त्री गोकुल बाँस्कोटाको आदेशमा पक्राउ गरिएको उने दाबी गरे । आफूले नभई अरुले बनाएको कार्टुन सेयरमात्र गरेको उनेले जानकारी दिए । यस घटनालाई जानीतिकरण गरिएको पनि उनले आरोप लगाए ।

नेविसंघले वक्तव्य निकालेर घटनाको बिरोध जनाएको छ । र उसले २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने तथा २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने गरी बिरोधका कार्यक्रम तय गरेको केन्द्रीय सदस्य नेपालले जनाए । साथै २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम रहेको पनि नेपालले जानकारी दिएका छन् ।

  • २५ कार्तिक २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !