काठमाडौं । आइतबार दार्चुला र बैतडीमा भूकम्प गएको छ । मध्यान्ह १२ बजेर ५१ मिनेट जादा भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशको छेला केन्द्रबिन्दु भएर ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो। विशेष गरी दार्चुला सदरमकुाम तथा वरपर बढी धक्का दिएको जनाइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण आइनसकेको जनाएको छ । दार्चुला तथा बैतडीका स्थानीय बासिन्दा घर भन्दा बहिर तथा खेतवारी जम्मा भएको स्थानीय बासिन्दाले जनाएका छन् । भूकम्प फेरी आउने डरले उनीहरु घरभित्र जना डराइरहेको जनाइएको छ ।