काठमाडौं । नेपाल विद्यार्थी संघले फेसबुकमा प्रधानमन्त्रीको कार्टन सेयर गरेको आरोपमा पक्राउ गरिएका विद्यार्थीको रिहाइको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । तिहारको दिन १६ वर्षे कृष्ण ढकालालई काभ्रे प्रहरीले पक्राउ गरिएको थियो । ढकाल नेविसंघ सम्बद्ध हुन् ।
नेविसंघले ढकाललाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको आरोप लगएको छ । नेविसंघका केन्द्रीय सदस्य भोला नेपालले भने ढकाललाई नियोजित रुपमा पक्राउ गरिएको बताए । संचारमन्त्री गोकुल बास्कोटाको निर्देशनमा पक्रिएको उनले जिकीर गरे ।
पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप गर्दा भिडन्त भएको जनाइएको छ । सो क्रममा नेवसंघका नेविसंघका नेताहरु घाइते भएका छन् ।
यसरी औपचारिक रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको यो पहिलो घटना हो । नेविसंघले ढकाललाई तत्काल नछोडे कडा आन्दोलनको चेतावनी दिएको छ ।