प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।’

प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले छठ पर्वको अवसरमा समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबिहनी एवं दाजुभाइहरुलाई गोलबद्ध हुन अपिल पनि गर्नुभएको छ ।

संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’ मा नै आधारित रहेको बताउ“दै प्रधानमन्त्रद्दीले सूर्यको प्रकाशको विना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने बताउनुभएको छ । ‘पृथ्वीमा उर्जाको सबै भन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै मुलुक अब गरिबीको दुश्चक्रबाट मुक्त हुनुपर्ने बताउ“दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ । अबको चार बर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिंडाउने दृढ संकल्प प्रधानमन्त्रीले दोहो¥याउनुभएको छ । ‘मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । अब हामी अल्झिनुपर्ने कुनै कुनै मुद्दा र बिषय बाकी छ्रैन् । मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्नुछ,’ प्रधानमन्त्रीले भन्नुभएको छ, ‘मुलुकलाई समृद्ध बनाउने अभियानमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरुले काम गरिरहेका छन् ।’

File Photo

  • २६ कार्तिक २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !