काठमाडौंमा धार्मिक विधि अनुसार छठ पर्व मनाइदैः मधेशको छठ पहाडतिर सर्दै

आजभोलि

काठमाडौँ । काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो । राजधानीको गुह्ेश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरणको गहना पोखरी, कालिमाटी, ललितपुरको कुपण्डोल, नख्खु दोबाटो गरी आठ स्थानमा यो पर्व मनाउनका तयारी गरिएको छ ।

आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ । बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्र दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ ।

गृह्ेश्वरी छठ पूजा समितिका संयोजक राजकुमार पोद्दारले ६६५ जना ब्रतालुका लागि ठाउँ निर्माण गरिएको जानकारी दिनुभयो । गरहेश्वरी मा आयोजना हुने छठ पूजामा सहभागी ब्रतालुमध्ये ४० प्रतिशत पहाडी समुदायको सहभागिता हुने गरेको उहाँले बताउनुभयो । यसपालि पहाडी समुदायको सहभागिता अझै बढ्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

विगत आठ वर्षदेखि कमल पोखारीमा छठ मनाइँदै आएको र हरेक वर्ष पहाडी समुदायको सहभागिता बढ्दै गइरहेको जानकारी समेत उहाँले दिनुभयो । उहाँका अनुसार यहाँ बसुन्धरा, थानकोट, कोटेश्वर, कालोपुल, रातोपुल, कपनलगायतका ठाउँबाट पहाडी समुदायको सहभागिता हुने गरेको बताउनुभयो । उहाँका अनुसार, गत वर्ष पहाडी समुदायबाट ३० जना ब्रतालुको सहभागिता भएको थियो भने यो वर्ष ३५ जनाले ठाउँ सुरक्षित गराइसकेका छन् ।

ब्रतालु र भक्तजनको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा, ब्रतालुका लागि ओढ्ने ओछ्याउने कपडाको समेत व्यवस्था गरिएको छ । साथै आगो ताप्नका लागि दाउराको समेत व्यवस्था गरिएको छ ।

यहाँ आयोजित छठ पर्वमा पहाडी समुदायको सहभागिता हरेक वर्ष बढ्दै गएको बताउँदै उहाँले गत वर्ष पहाडी समुदायबाट सातजना ब्रतालुको सहभागिता रहेकोमा यो वर्ष ११ जनाले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो ।

  • २७ कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !