पप्पुको मुद्दामा ढिलाई किन ?, एक मिहनासम्म पनि म्याद बुझेन

आजभोलि

काठमाडौँ । असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे पनि मुद्दाको बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन । पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको एक महिना पूरा भएको छ । विशेषले सम्बन्धित जिल्ला अदालतमार्फत् प्रतिवादीविरुद्ध अदालतमा हाजिर हुन आउन म्याद जारी गरे पनि प्रतिवादीहरुले म्याद बुझेका छैनन् । अख्तियारले सबै अभियुक्तलाई फरार सूचीमा राखेर मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले मुद्दा दर्ता गरेको भोलिपल्टैदेखि सम्बन्धित जिल्ला अदालतद्वारा म्याद बुझाउने प्रक्रिया सुरु गरेको थियो । तर, एक महिनासम्म म्याद बुझेको जानकारी विशेष अदालतले पाएको छैन । विशेषले १२ जना नै प्रतिवादीविरुद्ध म्याद पठाइसकेको छ । पप्पुका संस्थापक अध्यक्ष हरिनारायण रौनियारविरुद्ध विशेषले पर्सामा म्याद पठाएको छ ।

विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले सबै प्रतिवादीका नाममा म्याद पठाइएको तर, म्याद बुझेको जानकारी प्राप्त नभएको बताउनुभयो । विशेषले १२ जना प्रतिवादीलाई अभियोगपत्रमा उल्लेख गरिएको ठेगानाको जिल्ला अदालतमार्फत् विशेषले म्याद पठाएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुद्दा दर्ता लगत्तै हामीले म्याद पठाएका हौँ । तर, अहिलेसम्म म्याद बुझेको जानकारी हामीले पाएका छैनौँ । संस्थापक अध्यक्ष सांसद रौनियार तथा छोरा सुमितसँग अख्तियारले जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ बिगो दाबी गरेको छ ।

प्रतिवादीहरूले म्याद बुझेपछि मुद्दाको कारबाहीको दोस्रो चरणको प्रक्रिया सुरु हुनेछ । म्याद बुझेपछि अदालतमा उपस्थितिको दिनगन्ती सुरु हुनेछ । नियमित तथा दुई पटकसम्म थाम्न पाउने म्यादसहित बढीमा ५० दिनभित्र अदालतमा उपस्थित नभएमा मुद्दाको प्रक्रिया अघि बढ्नेछ ।

बर्दिया सदरमुकाम गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, डिजाइनमा समेत समस्या हुँदा उद्घाटन नहुँदै भत्किएको आरोपमा अख्तियारले सांसद रौनियार, उहाँका छोरा सुमितसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

  • २७ कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !