१२ वर्ष लगाएर नार्कले निकाल्यो नयाँ गहुँको बीउ

आजभोलि

काठमाडौं । १२ वर्षको अनुसन्धानपछि बीएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का वैज्ञानिकले सो बीउ पत्ता लगाएका हुन् ।

नयाँ जातको बीउ पत्ता लगाउन कम्तीमा १० वर्षको समय पर्खनुपर्ने नार्कका बाली तथा वागवानी निर्देशक डा. दीपक भण्डारी बताउनुहुन्छ । नार्कले उच्चकोटीको मूल बीउ उत्पादन गरी नेपालका सबै कृषि केन्द्र, कृषि फार्म र बीउबिजन कम्पनीलाई आफ्नो रेखदेखमा स्वामित्व हस्तान्तरण गर्ने र उक्त निकायले खेती गरी प्राप्त भएको बीउ दोस्रो वर्षपश्चात् विभिन्न निकायमार्फत बिक्री-वितरण गर्नेछ ।

तराईका २२ जिल्लाका लागि सिफारिस भएको सो बीउ सबै किसानकहाँ भने अर्को वर्ष मात्र पुग्नेछ । तराईमा हाल विजय, गौतम, एनएल ९७१, भृकुटी र बाडगङ्गा जातको बीउ गहुँखेतीका लागि सिफारिस गरिएको छ । केही वर्ष पहिले ‘नेपाल २९७’ जातको गहुँको बीउमा आठ वर्षबाट सिन्दुरे, पात डढुवा र कालो पोके नामको रोगको अतिक्रमण बढेपछि उत्पादनमा व्यापक ह्रास आएको थियो । सो बीउको सट्टा बीएल ४३४१ नामको बीउ उन्मोचन गरिएको नार्कले जनाएको छ ।

नेपालको तेस्रो प्रमुख खाद्यान्न बाली गहुँ हो । नेपालीले गहुँबाट बन्ने परम्परागत परिकारमा ढिडो, रोटी र सुप बनाइ खाद्यान्नको रूपमा प्रयोग गर्छन् भने आधुनिक खाद्यान्नअन्तर्गत, बेकरी उद्योग, चाउचाउ, मैदा र सुजीको पीठो बनाउन आवश्यक पर्छ । नेपालको सातै प्रदेशमा गहुँखेती गर्न सकिन्छ । नार्कले नेपालको हावापानी र माटो सुहाउँदो गहुँको बीउ क्रमशः उन्मोचन गर्दै गएका कारण नेपाल गहुँको बीउमा आत्मनिर्भर छ । खेत तथा बारीमा बीउ छरेको २२ देखि २५ दिनभित्र सिँचाइ आवश्यक पर्छ । सामान्यतया गहुँको बीउ छरेदेखि उत्पादन लिने समयसम्म गहुँमा तीन पटक सिँचाइ आवश्यक पर्छ ।

  • २७ कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !