भीम रावलको ठाडो निर्देशनमा सोडारी मन्त्री र पार्टी दुबैबाट निश्कासित

आजभोलि

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ बहादुर सोडारी पदमुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएका हुन् । र, साथै उनलाई नेकपाबाट पनि कारबाही गरिएको जनाइएको छ ।

मन्त्रीबाट हटाइए लगत्तै बसेको नेकपाको सुदूरपश्चिम कमिटिको बैठकले उनलाई पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा हटाइएको हो । उनलाई मन्त्री पदको दुरुपायेग गरेको तथा पार्टीसँग समन्वय नगरेको आरोप सहित कारबाही गरिएको कमिटिले जनाकारी दिएको छ ।

सोडारी कैलाली जिल्लाका तत्कालिन एमाले अध्यक्ष समेत हुन् । उनीको भीम रावलसँग विगतदेखि नै विवादा रहदै आएको थियो । प्रदेश इन्चार्जको हैसियतले रावलले सोडारीलाई बर्खास्त गर्न निर्देशन दिएका हुन् । उनले सोडारीलाई पार्टीबाट समेत सफाएको मौक नदिई कारबाही गरेको श्रोतले जनाएको छ । उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट विजयी भएका थिए ।

सोडारीमाथि कारबाही गरेसँगै पार्टी भित्र विवाद सिर्जना भएको छ । भीम रावल पक्ष र अर्को पक्षबीचको विवाद केन्द्रमा समेत पुगेको श्रोतले जनाएको छ ।

  • २७ कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !