राजदूतमा ‘साली’ : पार्टी भित्रैबाट बिरोध

आजभोलि

कठमाडौं । नेपाल सरकारले इजरायलको राजदूतमा डा. अञ्जना शाक्यलाई सिफारिस गरेको छ । यसअघि बसेको मन्त्रीपरिषद्को बैठकले इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएपछि शाक्यलाई सिफारिस गरिएको हो ।

विगत लामो समयदेखि शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको भित्री टिमका बसेर काम गर्दै आइरहेकी छिन् । विगत लामो समयदेखि ओली निकट भएर सहयोग गरकै आधारमा उनलाई सिफारिस गरिएको श्रोतले दाबी गर्यो । उनी राजनीतिमा सक्रिय नभएपनि ओली निकट भए काम गर्दै आइरहेकी छिन् ।

उनलाई प्रधानमन्त्री ओलीले साली नाता लगाएर बोलाउने गर्दछन् । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यको नाताले उनलाई साली भन्ने गरेको निकटस्थ श्रोतले जनाएको छ । उनलाई ओलीले पहिले पनि नियुक्त गर्ने प्रयास गरे पनि टिमले बिरोध जनाएपछि रोकेको जनाइएको छ ।

शाक्य प्रदेश ३ मा काठमाडौं क्षेत्र नम्बर ९ बाट (तत्कालीन एमालेबाट निर्वाचित) नेकपाका सांसद अजयक्रान्ति शाक्यको पत्नी समेत हुन । प्रधानमन्त्रीको बलमा राजदूत बनेको भन्दै पार्टी भित्र उनको आलोचना भइरहेको छ ।

शाक्य संचारकर्मी तथा गायक हुन् । उनी राजनीतिक रुपमा भने पार्टी भित्र सक्रिय छैनन् । यसकारण उनको सिफारिसको आलोचना भएको छ । पार्टी शिर्ष नेता तथा ओली निकटकाहरुले यो सिफारिसलाई असहज रुपमा लिएको श्रोतले बताएको छ ।

Photo: Youtube.com

  • २९ कार्तिक २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !