प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका उपमहासचिब अमिनाबीच भेटघाट

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मदबीचप्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको छ ।

“राष्ट्र संघको ७३ औं महासभामा भाग लिने क्रममा पनि यस विषयमा महासचिबसँग विस्तृतमा कुराकानी भएको छ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले भन्नुभयो “नेपालको शान्ती, विकास र समृद्धिका लागि यूएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । ”

यसैगरी उपमहासचिब मोहम्मदले नेपालले दिगो विकास लक्ष्य २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको छ । “नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको हामीले महसुष गरेका छौं” उपमहासचिब मोहम्मदलाई उधृत गर्दै डा. भट्टराईले भन्नुभयो “नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा आधारमा सहयोग गर्न हामी तयार छौं । ”

  • २९ कार्तिक २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या