पार्टी ध्वस्त भएकाले आफूले उदारणीय कार्य गर्ने-महामन्त्री कोइराला

आजभोलि

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भने अब पार्टीमा गुट उपगुटको अन्त्य हुनुपर्छ, म त्यसको उदाहरण बनेर देखाउँछु,, महाधिवेशनसम्म गुटको अन्त्य भने हुन सक्दैन । गुटैगुटले पार्टी ध्वस्त भएकाले पार्टी एकताका लागि आफू उदाहरण बनेर देखाउने बताए । उहाँले १४ औं महाधिवेशनसम्म गुटको असर बाँकी नै रहने स्पष्ट पार्नु हुँदै पार्टीका सबै साथीहरुसँग छलफल गरेर मात्रै सभापति पदमा उठ्नेबारे निर्णय गर्ने जानकारी दिए ।

उहाँले पार्टी सभापति पदमा यस पटक कोइराला परिवारबाट दाबी रहने र त्यसका लागि डा। शेखर कोइराला र सुजाता कोइरालासँग छलफल गर्ने बताए । उहाँले सुजाता कोइरालालाई स्वास्थ्यले साथ दिइरहेको छैन, तसर्थ डा। शेखर कोइरालासँग छलफल गरेर सभापति पदको निर्णय हुनेछ, अझै डेढ वर्ष समय भएकाले अहिलै हतारिनु नपर्ने बताए ।
जीवन्त पार्टीमा गुट वा समूह हुन सक्छन् तर अहिले पार्टीलाई नै ध्वस्त पार्ने कार्य भएको छ, त्यसलाई रोकेर एकताको अभियान चलाउनुपर्छ, अब ४० वर्षसम्मका युवालाई आकर्षित गर्न ठोस नीति पार्टीले लिनुपर्छ, आफ्नो ध्यान त्यत्तैतिर केन्द्रित भएको स्पष्ट पारेका छन् ।

  • १ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या