एलपीएल टि-२० मा सिद्धार्थ र लिटिल स्कुल

आजभोलि

धनगढी । धनगढीमा जारी तेस्रो निष्ट लिटिल फ्लावर टि-२० प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरेका छन ।
आज भएको पहिलो खेलमा सरस्वती मा.बि गेटालाई ३२ रनले पराजित गर्दै सिद्धार्थ सेमीफाईनल प्रवेश गरेको हो ।

संघिय प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १८७ रनको योगफल तयार पारेको थियो ।

सिद्धार्थ शिशु सदनको लागि ब्याटिङमा खडक बोहराले अविजित १०३ रनको सतकीय पारी खेल्नुभयो । उहाँको यो सतक एल।पि।एल क्रिकेटकै पहिलो सतक हो । १८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।

सरस्वतीको लागि हिक्मत सेठिले अविजित ६२ रन बनाए पनि त्यो जितका लागी प्रयाप्त हुन सकेन । यस्तै दोस्रो खेलमा लिटिल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी माथि १७ रनको जित निकालेको छ। जित सङ्गै लिटिल फ्लावर स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।१४५ रनको लक्ष्य पछ्याउने क्रममा मैदान उत्रेको क्यास्पियन एकेडेमले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो ।

क्यास्पियनका लागी दिनेश अधिकारीले ७२ रन बनाएपनि आफनो टीमलाई जिताउन सकेन्न । खेलमा उत्कृष्ट प्रदर्शन गरेका लिटिल फ्लावरका शेर मल्ल खेलको म्यान अफ द म्याच घोषीत हुनुभयो ।

  • १ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !