एउटैमा मालामा ३ कोइरालाः एक भएर पार्टीलाई जोगाउने उद्घोष

आजभोलि

विराटनगर । जीपी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा ३ कोइराला एउटै मालामा एकिकृत भएका छन् । नेपाली कांग्रेसका महमन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले एकै माला सामुहिक रुपमा पहिरिर्दै एकताको सन्देश दिएका छन् ।

तीनै जानले आफूहरु पार्टी हितका लागि अघि बढ्ने बताएका छन् । पार्टी भित्र गुटगत राजनीति भइरहेको बेला एकताको सन्देशले सकरात्मक प्रभाव पर्ने विज्ञहरुले बताएका छन् ।
कोइराला परिवार भित्र फुट छ, एकता छैन् भन्ने भ्रम तोड्न नेता शेखर कोइरालाले आग्रह गरे । उनले भने हामी एक छौ र पार्टीलाई पनि एक बनाएर लैजान्छौ ।

सुजाता कोइराला अध्यक्ष रहेको जिपी फाउण्डेशनले तीनै जना कोइराला परिवारका नेताहरूलाई एउटै माला लगाइदिएको थियो। कोइराला परिवारका तीन नेता धेरै वर्षपछि एउटै मञ्चमा सहभागि भएका थिए। पुर्खाको सपना साकार पार्न कोइराला परिवारका तीनै जना नेता एक भएर अघि बढ्ने पनि डा कोइरालाले स्पष्ट पारे।

यसले कोइराला परिवाबाट नै आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने संकेत दिएको छ । जो भए पनि एक जना उम्मेद्वार बन्ने वातावरण तय हुँदै गएको छ ।

  • २ मंसिर २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या