राष्ट्रिय ख्रीष्टियनको सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले भने, ‘संविधानले धर्म नमान्ने स्वतन्त्रताको ग्यारेष्टि गरेको छ’

आजभोलि

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संविधानले धर्म नमान्ने अधिकार ग्यारेष्टि गरेको बताए । उनले सबैले आ आफ्ना धर्म मान्न राज्यले कसैलाई पनि नरोकेको बताए । धर्म नमान्न पनि पाउने अधिकार पनि रहेको जनाए ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ११ औं राष्ट्रिय भेलाको उद्घाटन गर्दै भने, एक धर्मले अर्को धर्मलाई हेला गर्नु नहुने बताए । उनले हिन्दु धर्मतिर इंगित गर्दै भने बहुमतलेले अल्पसंख्यकका धर्म समुदायलाई हेला गरेको आशय व्यक्त गरे । अल्पसंख्यक धार्मिक समुदायको सुरक्षा राज्यले गर्ने उनले जानकारी समेत दिए ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको संविधानले विभेद्रहित तथा न्यायपूर्ण समाजको परिकल्पना गरेको बताउँदै जुनसुकै धर्म मान्ने व्यक्तिले आप्mनो धर्मग्रन्थ पढ्न पाउनुपर्छ र आप्mना बालबच्चालाई पढाउन पाउनु पर्छ ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजले धर्मप्रति आस्था राख्ने कुनै पनि व्यक्तिले धर्म अवलम्बन गर्न र आस्था प्रकट गर्न पाउने संविधानमा प्रष्ट व्यवस्था रहेको बताउँदै ‘बाइबल’ पढ्ने व्यक्तिलाई धर्म परिवर्तन ग¥यो भनी लाञ्छना लगाउनु गलत भएको बताए । नेपालमा हाल ३० लाख ख्र्रीष्टियन रहेको र १२ हजार चर्च रहेको बताइएको छ

  • ३ मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !