नेकपाको बैठक मंसिरमा ६ मा बस्दैः सरकारको कार्यशैलीको समिक्षा हुने

आजभोलि

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यको कारण एक महिनादेखि बस्न नसकेको सचिवालयको बैठक मंसिर ६ गते बस्ने जनाइएको छ । बैठकमा सरकारको कार्यशैली, संगठन निर्माण तथा पार्टी एकिरणको बारेमा गम्भिर छलफल हुने जनाएको छ ।

आजभोलिलाई दिएको जानकारी अनुसार विशेष गरी प्रधामन्त्री तथा अध्यक्ष ओलीले पछिल्लो समयमा गरेका एकलौटी निर्णय, नियुक्ति तथा सिफारिसका बारेमा माधव कुमार नेपाल पक्षले असहमतिसहितको धारणा राख्ने जनाएको छ । राजदूत सिफारिस, सरकारी निकायमा नियुक्ति तथा पार्टी भित्रको एकलौटीपनको बारेमा गम्भिर छलफल हुने जनाइएको छ ।

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो ।

लामो समयदेखि पार्टी र सरकारबीच सहकार्य तथा समन्वय हुने सकेको छैन । पार्टी भित्र प्रधानमन्त्री एकलौटी रुपमा अघि बढेको आरोप लग्दै आइरहेको छ । साथै पार्टीलाई गुमराहमा राखेको आरोप समेत लागेको छ । पार्टीका स्थायी समिति, पोलिटब्यूरो तथा अन्य निकायको बैठक बस्न सकेको छैन । जसको कारण पार्टी एकिकरण जहाँको त्यही रोकिएको जनाइएको छ ।

  • ३ मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !