प्रजातन्त्रका लागि अन्तिम लडाइ लड्न देउवाद्वारा निर्देशन

आजभोलि

मोरङ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्युनिस्ट सरकार अधिनयाकवाद तर्फ उन्मुख भएकाले प्रजातन्त्र जोगाउन अन्तिम पटक लडाइ लड्नु पर्ने बताएका छन् । प्रदेश नम्बर १ स्तरीय राजनीतिक प्रस्ताव संकलन कार्यक्रममा उनले कार्यकर्तालाई लडाइ लड्न तयार रहन निर्देशन दिएका छन् ।

उनले कम्युनिस्ट अधिनायकवादमा प्रजातन्त्र नरहने र निर्वाचन समेत नहुने भएकाले यसका बिरुद्ध लड्नु पर्ने बताए । र प्रजातन्त्र जोगाउनु पर्ने बताए । उनले वर्तामान सरकारले न्यायालयमा हस्तक्षेप गरेका तथा राजनीकिरण गरेको ओरोप समेत लगाएका छन् । उनले अहिलेको सरकार विदेशीको इसरमा चलेको समेत आरोप लगाए ।

सरकार हत्यारा र बलात्कारीको संरक्षणमा लागेका कारण देशमा दण्डहीनता मौलाउ“दै गएको देउवाले बताए । उनले सरकारले नै निर्मलाको हत्यारालाई लुकाएको दाबी पनि गरे । देउवाले भने, ‘सरकारले नै निर्मलाको हत्यारालाई लुकाएको छ ।’ सरकारले चाहेको खण्डमा निर्मलाको हत्यारा पत्ता लगाउन केही बेर पनि नलाग्ने उनको भनाइ छ ।

पार्टी भित्र गुटबन्दी रोकिने र पार्टीलाई नयाँ शिराबाट अघि बढाउने भन्दै देउवाले अव पार्टीको नीति विपरित जानेलाई कारबाही गरिने जानकारी दिए ।

कांग्रेस विधान संसोधनको चरणमा रहेकाले समाजवाद र राष्ट्रियताको पुनःव्यख्या आवश्यक रहेको उनको धारणा छ । कार्यक्रममा संकलन गरिएका सुझाव मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुनेछ ।

  • ५ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !