नौ महिना पुग्दा पनि सरकारको पुरानै ढाँचा र बानी नहटेकोमा प्रधानमन्त्री ओली चिन्तित

आजभोलि

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनअपेक्षा अनुसार काम गर्नु पर्ने बताउनुभएको छ ।

सरकार गठनको नौ महिनासम्म पनि पुरानै ढाँचा, पुरानै बानी नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गर्नुभयो । “एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने,सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रिपरिषदबाट ढिलासुस्ती भएको छ भने भन्नुहोस । मन्त्री,सचिबको ढिलासुस्ती छ भने भन्नुहोस । ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्ने तर्फ मेरो ध्यान जान्छ । अब कहिंपनि ढिलासुस्ती स्वीकार्य छैन ।”

“देशको परिस्थिती, जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नु पर्दछ । ति अपेक्षा पुरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं । कोही जनताले चुनाव मार्फत पठाएर आएका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस अभिभारा र अपेक्षालाई पुरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुदैन ।” देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदी ’ जस्ता शव्द प्रयोग गरेर उम्कन नपाउने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहेस” मन्त्री र सचिबहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “आफ्ना कमजोरीहरुलाई तर्कको लिउनले कसैले पनि टाल्न नखोज्नुहोस ।”

केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्ध्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनीहरु लोकतन्त्रका आधारहरु माथी असभ्य ढंगले प्रष्तुत भएका छन् । “हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई गराउने गरी काम गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जनतामा आशावादिता जगाउने गरी काम गर्नुपर्दछ । जनता निरशा भए भने देशका लागि घातक हुन्छ ।”

प्रधानमन्त्रीले मन्त्रालयहरुको प्रगति विवरण लिने क्रम भोली पनि जारी रहनेछ ।

  • ५ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !