माग पूरा नगरेको भन्दै टानमा तालाबन्दी

आजभोलि

काठमाडौं । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल ९टान०मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् ।

गत साउनमा तलब, भत्ता , बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको र तीन महिना बितिसक्दासमेत समस्याको समाधानतर्फ टान कार्यसमिति एवं पदाधिकारी उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चको साथै विगतमा गरिएको सम्झौता कार्यन्वयनको माग गर्दै तालाबन्दी गर्नुपरेको उनले बताए

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जाहेज मागलाइ ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत श्रमिकले नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले बताए । यता अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले श्रमिकका जायज मागलाई संयुक्तरुपमा उठान गरिएको र समस्या समाधान नभएसम्म आफूहरु चरणबद्ध विरोधमा उत्रिने बताए ।

  • १० मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !