सबै सदस्य निर्वाचित हुनु पर्ने प्रस्तावः अन्यौलमै रुमालियो कांग्रेसको विधान संशोधन

आजभोलि

काठमाडौ । नेपाली काँग्रेसको संशोधित विधान मस्यौदामाथिको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुमध्ये केहीले प्रदेश र केन्द्रका सबै पदाधिकारी निर्वाचित हुनुपर्ने सुझाव दिनुभएको छ ।

यसैगरी, सभापतिले मनोनीत गर्ने प्रतिशत १५ मात्रै हुनुपर्ने र वडा तहदेखि केन्द्रसम्म मजदुरको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने विचार पनि बैठकमा राखिएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले काँग्रेस नेतामुखी नभई नीतिमुखी हुनुपर्ने र नियन्त्रण तथा निर्देशित बनाउन नहुने सुझाव दिनुभएको छ । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बैठकमा बोल्दै नेपालको संविधानको धारा २६९ मा अनुसार राजनीतिक दलका सबै पदाधिकारी निर्वाचित हुनुपर्ने तर्क राख्नुभयो तर सो धारामा हरेक पाँच वर्षमा दलका पदाधिकारीको निर्वाचन हुनुपर्ने भन्ने उल्लेख छ ।

यस्तै, वक्ताहरुले संसदीय समिति, लेखा समिति, निर्वाचन समिति पनि महाधिवेशनबाट नै निर्वाचित हुनुपर्ने धारणा राख्नुभएको छ । बैठकमा विधानको मस्यौदामाथि गहन छलफल गरेर केन्द्रीय कार्यसमितिको एकीकृत दस्तावेजको रुपमा लैजानुपर्ने भनाइ पनि राख्नुभएको छ ।

विहीबारको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, जीवन परियार, सुजाता परियार, बीरबहादुर बलायर, प्रवक्ता विश्वप्रकाश शर्मा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले आ-आफ्नो धारणा व्यक्त गर्नुभयो । मङ्सिर ९ गतेदेखि विधान संशोधन मस्यौदामा केन्द्रित रहेको छलफल जारी छ र अर्को बैठक शुक्रबार बिहान ११ः०० बजे पुनः बस्ने जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

  • २१ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !