हिन्दूले पोर्चुगलमा लगाए ज्ञान महायज्ञ

आजभोलि

लिस्बन । विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो ।

विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक एवं महायज्ञका प्रमुख बाचक योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिनुभयो । महायज्ञ सम्पन्न गर्नका लागि २६०० युरो अर्थात् रु तीन लाख २५ हजारभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो । अपेक्षा गरेअनुरुप रकम सङ्कलन नभए पनि पोर्चुगल र नेपालमा मन्दिरसहितको आश्रम बनाउने योजना रहेको उहाँको भनाइ थियो ।

‘द ट्रथ लभ अफ लिभिङ फाउण्डेशन’को आयोजनामा भएको महायज्ञमा प्रमुख वाचक शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवतका साथै सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता र आत्मज्ञानबारे प्रवचन दिनुभएको थियो ।अघिल्लो बिहीबारदेखि शुरु भएको महायज्ञमा सात दिनसम्म दैनिक पूजा, जलधारा, पाठ, ह्वन, ध्यान, प्रवचनका साथै भजनकीर्तनसमेत गरिएको थियो ।

  • २१ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !