अबको योजना देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र विकासको देश हुन सक्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले १५ औं पञ्चबर्षीय योजना (२०७६/०७७-२०८० /०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताउनुभएको छ । “अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यबहारिक योजना बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।”

राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालिन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

नेपालको विकासका लागि अरु देशका अनुभव,सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनु पर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।”

स्वदेशमा रहेका फलाम खानीको उत्खनन्,विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेल जस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनु पर्ने मा प्रधानमन्त्ती ओलीको जोड छ । “विद्युत,सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जेट्रोफाबाट पनि इन्धनको आपूर्ती गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातीको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ती र सुरक्षामा कोह कसैसँग सम्झौता नुहने बताउनुभएको छ । देशा विकासका योजनाहरु पनि यी उल्लेखित पाँच कुरालाई सम्बोधन गर्ने र मजुवत पार्ने किसिमका हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

  • २१ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !