बडिबिल्डिङ प्रोफेश्नलले अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा हुने

आजभोलि

काठमाडौं । हलिउड स्टार तथा शारिरीक सुगठनका बादशाह मानिने आर्नोल्ड स्वान्सटेइगरको संस्था अन्तराष्ट्रिय फिटनेश फर बडिबिल्डिङ प्रोफेश्नल लिगले नेपालमा पनि अन्तराष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

अन्तराष्ट्रिय संस्थाबाट स्वीकृति लिएर धर्मश्री विजेता सानु गुरुङको संयोजनमा नेपालमा सन् २०१९ को फेब्रुअरी १५ र १६ गते नेपालमा अहिलेसम्मकै ठुलो बडिबिल्डिङ प्रतियोगिता गर्ने भएको हो ।

प्रोफेस्नल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप नाम रहेको प्रतियोगितामा अन्तराष्ट्रिय बडिबिल्डरको पनि सहभागिता रहनेछ । प्रतियोगिताका लागि विश्व बडिबिल्डिङका चर्चित ब्यक्ति बब चिकोरिलो नेपाल आउने पक्का भएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको यो प्रतियोगितामा २० भन्दा बढी देशका खेलाडीले भाग लिने आयोजकले बताएको छ ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका संयोजक सानु गुरुङले प्रतियोगितामा २०० खेलाडीको सहभागिता रहने बताउनुभयो ।

  • २१ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !