काठमाडौं । नेपाली कांग्रेसले सरकारका प्रधानमन्त्री तथ मन्त्रीहरुका बोलीमा स्वतन्त्रता बिरोधी हुंकार रहेको जनाएको छ । उसले सरकारले मनलाग्दी बोलेर जनतालाई तर्साउन खोजेको आरोप लगाएको छ । प्रधानमन्त्रीले खुलमखुला बुद्धिजीविलाई धम्क्याएको आरोप लगाएको छ । सरकारले स्वतन्त्रता बिरोधी गतिविधि तथा अभिव्यक्ति दिएको आरोप पनि लगाएको छ ।
नेपाली कांग्रेसको जारी बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको कडा आलोचना गरेको जनाइएको छ । बैठकमा सरकारले एनजीओको कार्यक्रमा सहआयोजक भएको र प्रधानमन्त्री आफैले पुरस्कार समेत ग्रहण गरेको भन्दै बिरोध जनाएको छ ।
क्रिश्चियन धर्म प्रचारमा लागेको आइएनजीओको कार्यक्रममा सरकारले सहयोग गरेको र धर्म बिपरित गतिविधिलाई राज्यले प्रसय दिएको आरोप समेत लगाएको छ ।
निर्मला पन्तको बलात्कार तथा हत्या भएको चार महिना भइसके पनि सरकारले कुनै पनि विश्वासिलो प्रगति हासिल नगरेकोमा रोष जनाएको छ । सरकार नै हत्यारा बचाउन लागि परेको गम्भिर आरोप समेत लगाएका थिए ।