डोटीमा लेखराज भट्टलाई कालो झण्डाः डोटी छोड्न चेतावनी

आजभोलि

दिपायल । नेकपाका नेता लेखराज भट्टलाई डोटीमा कालो झण्डा देखाएकोछ । उनलाई सुदूरपश्चिमको राजधानी डोटीबाट अत्तरिया सारेको आरोप लागेको छ । उनले आफ्नै घर जग्गा भएको अत्तरियामा राजधानी सारेको भन्दै नेपाल बिद्यार्थी संघले कालो झण्डा देखाएको हो ।

भट्ट बिरुद्ध चर्का नाराबाजी भएको थियो । ‘लेखराज भट्ट मूर्दाबाद, लेखराज डोटी छोड’ जस्ता नारा लगाएका थिए । नेकपाबाट निर्वाचित सबै संसदले डोटीबाट राजधानी सार्नेमा सहमति जनाएका थिए । उनलाई नेबिसंघले जिल्ला छोड्न चेतावनी समेत दिएका जिल्ला अध्यक्ष गणेश खड्काले जनाएका छन् ।

सहिद स्मृति आवासिय बिद्यालयको कार्यक्रमका लागि डोटी पुगेका भट्टलाई नेबि संघ, नेपाल तरुण दल, तथा लेखक संघको संयूक्त टोलीले कालो झण्डा देखाएको हो । 

प्रर्दशनकारीले सहिद स्मृती बिद्यालयको सम्पती सार्वजनीक गर्न माग समेत गरेका छन् । कैलालीको अत्तरिया निवासी माओवादी केन्द्रका नेता भट्ट अत्तरियाको गोदावरी जंगलमा राजधानी बनाउने मुख्य व्यक्ति हुन् । यसरी लेखराज भट्टलाई उनको पुख्र्यौली घरमा आउँदा कालो झण्डा देखाएको हो ।

  • २३ मंसिर २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !