काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक नजिकिदै गर्दा पार्टी सभापति शेर बहादुर देउवा बिरुद्ध मोर्चाबन्दी शुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह लगायतका नेताहरु देउवाबिरुद्ध एक ठाउँमा उभिएका छन् ।
आइतबार बिहान देउवाइतरका सबैजसो नेताहरु प्रकाशमान सिंहको घरमा जम्मा भएका छन् । उनीहरुले आउने महासमितमा विधानमा आफूले राखेको प्रस्ताव कसरी पारित गराउने र पार्टीको नीति तथा कार्यक्रममा फरक धारणा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल केन्द्रीत रहेको एक जना नेताले जानकारी दिए । उनले आजभोलिसँग कुरा गर्दै भने, पार्टी सभापति बिरुद्ध नभई महासमितिलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि सामान्य भेटघाट गरेको जनाए ।
भेलामा वरिष्ठ रामचन्द्र पौडेलले यो समुहको नेतृत्व गरिहेका छन्। बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, केन्द्रीय सदस्यहरु शेखर कोइराला, नवीनद्रराज जोशी, गगन थापा, चन्द्र भण्डारी, अर्जुननर सिंह केसी, प्रकाशमान सिंहलगायत बैठकमा उपस्थित थिए।
उता पार्टी सभापति शेर बहादुर देउवा पक्षधर नेताहरु भने बहुमतको आधारमा विधान पारित गर्ने तथा आफ्ना नीति तथा कार्यक्रम पास गर्ने जनाएका छन् । उनीहरु भित्री रुपमा महासमितिमा प्रतिवाद गर्नका लागि रणनीति तय गरिहेको बुढीनिलकण्ठ श्रोतले जनाएको छ ।
सभापति देउवा पनि बहस छलफल भन्दा पनि सहज रुपमा विधान पारित गर्ने विकल्पको खोजीमा रहेका छन् । उनी आफू सबै खोले समस्याको सहज समाधान निकाल्ने बाटोमा रहेको जनाएको छ । भएन भने जस्तो सुकै अवस्थाको सामना गर्न पनि तयार रहेको उनी निकट श्रोतले जनाएको छ ।
सभापति देउवा विरुद्ध यस अघि नेतृ सुजाता कोइरालाको घरमा दुइ चोटी खाना खाने गरी भेला डाकिएको थियो । त्यस पनि पोडैल निवासतथा महामन्त्रकिो निवासमा पटक पटक भेला बस्दै आएको जनाइएको छ ।