सिमित व्यक्तिहरुको स्वार्थका लागि हजारौं विद्यार्थीहरुको भविष्यमाथि खेलवाड

आजभोलि

सिमित व्यक्तिहरुको स्वार्थका लागि हजारौं विद्यार्थीहरुको भविष्यमाथि खेलवाड

वसन्त गौतम 

गत जेठ ९ गते सकिएको कक्षा ११ को परीक्षाको परिणाम प्रकाशित हुँदा पोखराका विज्ञान विषय पढीरहेका विद्यार्थीहरुमाथि ठूलो अन्याय भएको देखियो। गणित, फिजिक्स र केमिष्ट्रीमा सबै विद्यार्थीको ग्रेड सी र डी मात्रै आयो। यहि परिणामलाई स्विकार गरेर बस्ने हो भने उनीहरुले मेडिसिन, इन्जिनियरिङ र अरु प्राविधिक विषयहरु पढ्नै नपाउने भए। एक दुई विद्यार्थी वा एक दुई स्कूलमात्रको कुरा होइन, पूरै गण्डकी प्रदेश र विशेष गरी पोखराका सम्पूर्ण विद्यार्थीहरुको यस्तो परिणाम आउनु कसैगरी पनि विश्वशनीय हुन सक्दैन। विगतदेखिनै पोखराका विज्ञान विषय पढाउने उच्च माविहरुको परिणाम देशमै उत्कृष्ट रहँदै आएको छ।

विज्ञान विषय पढाउने पोखराका केहि उच्च माविहरु सधैं देशका उत्कृष्ट १० को सूचिमा परेका छन्। वास्तवमा, ११-१२ को विज्ञान विषयको पढाइमा पोखराका विद्यालयहरु कुनै हालतमा राजधानीका भन्दा कम छैनन्। र यसैले एसइइपछि ११-१२ पढ्न काठमाण्डौं जाने दर पोखरामा अत्यन्त कम छ।

यो शंकास्पद परिणामपछि विद्यार्थीहरु लगातार आन्दोलनमा छन्, उनीहरु कहिले परीक्षा बोर्डमा धर्ना दिइरहेका छन् त कहिले सडकमा जुलुश निकालीरहेछन्। उत्तरपुस्तिका परीक्षणमै गम्भिर लापरवाही भएको स्पष्ट भएकाले उत्तरपुस्तिका पुनस् जाँचिनुपर्ने उनीहरुको मागको सुनुवाइ भएको छैन। २,७०० विद्यार्थीक तीन विषयका उत्तर पुस्तिकाहरुको सम्परीक्षण एकै दिनमा सकिएको घोषणा पनि गरियो।

उत्तर पुस्तिका पुनस् जाँच्दा आफ्नो लापरवाही बाहिर आउने डरले परीक्षा बोर्डले रिटोटलिङ्गको पासा फ्याँक्यो। खासमा यो रिटोटलिङगले केहि फरक ल्याउने होइन तर केहि विद्यार्थीले रिटोटलिङ्गको लागि निवेदन दिए, तर रिटोटलिङको परिणाम झन् अचम्मलाग्दो संग आयो। विद्यार्थीहरुले गणित, फिजिक्स र केमिष्ट्रीको रिटोटलिङ्गको लागि निवेदन दिएका थिए तर अङ्ग्रेजी विषयको ग्रेड बढेर आयो?

१२ कक्षाको पढाइमा व्यस्त हुनुपर्ने विद्यार्थीहरु सडकमा छन्। उनीहरुमाथि यति ठूलो अन्याय भइरहँदा न विद्यार्थी संगठनहरु बोलेका छन् न राजनीतिक दलहरु बोलेका छन्। देशको युवा पुस्ता किन देशमा बस्न चाहदैनन भन्ने कुराको कारण खोज्न अन्त किन जानुपर्योतरु अहिले यो घोर अन्यायमा परेका ती २, ७०० विद्यार्थी किन यो देशमा बस्ने अबरु यति बिघ्न अन्यायमा पर्दा पनि आफ्ना लागि बोलिदिने कोहि नभएपछि यो देशप्रति उनीहरुमा कसरी अपनत्वभाव, आत्मीयता पलाउन सक्छ? 

यो अन्यायको पछाडि दुइ जना व्यक्तिको मुख्य भूमिका रहेको चर्चा छ:

१) नेपाल सरकारको निजामती सेवाको उच्च तहमा रहेका पोखराकै एक व्यक्ति, जसको लगानीमा काठमाण्डौंमा एक उच्च मावि संचालनमा छ। उनले धेरै कोशिश गर्दा पनि पोखराबाट विद्यार्थीहरु तान्न असफल भएपछि ठूलो ुसेटिङ्ु र योजना बनाएर पोखराका विद्यार्थीहरुको परिणाम ध्वस्त बनाइदिएका हुन्।

यसरी पोखराका उच्च माविहरुको परिणाम ध्वस्त बनाइदिएपछि अर्को वर्षबाट पोखराका विद्यार्थीहरु एसइइपछि ११-१२ पढ्न पोखरा नबसी काठमाण्डौं आउँछन् भन्ने उनको अनुमान रहेछ। कति कुत्सित सोच, कति घृणास्पद ब्यवहार?

२) अर्का एक पात्र जसले उच्च माविका लागि गणित किताब लेखेका छन्। उनले लेखेको किताब पोखराका उच्च माविहरुले पढाएनन् भनेर ठूलो रोष रहेछ उनमा र ुपोखरालाई देखाइदिन्छुु भन्दै हिँडेका रहेछन्। यसैले उनले १० का पात्रसंग मिलेर पोखरा क्षेत्रको गणितको प्रश्नपत्र तयार पार्ने काम हात पारेछन्। र उनले देशका बाँकी क्षेत्रको दाँजोमा अत्यन्त कठिन प्रश्नपत्र तयार पारेछन्। उच्चमाविका केहि गणित शिक्षकहरुसंग कुरा गर्दा उहाँहरु भन्नुहुन्छ, ुहामीनै परीक्षामा बसेको भएपनि सबै प्रश्न हल गर्न ५ घण्टाले पनि पुग्दैनथ्यो।

कोहि व्यक्ति यति घृणित काम गर्न, कलिला विद्यार्थीहरुको जीवनमाथि यस्तरी खेलबाड गर्न कसरी सक्छन् होलारु ती मान्छेहरु हुन् कि दानव हुन्रु

यी विद्यार्थीहरुले न्याय पाउनुपर्छ, उनीहरुको कापीको फरक विज्ञद्वारा पुनस् मूल्यांकन हुनुपर्छ भनेर आवाज उठाउन यी राजनीतिक दलहरुलाई र वि‍शेष गरी विद्यार्थी हकहितका लागि लड्छौं भन्ने कथित विद्यार्थी संगठनहरुलाई के ले छेकेको छरु यो देशको भविष्य चाहनेले यो देशको युवापुस्ताको भविष्य जोगाउनुपर्छ कि पर्दैनरु आफ्नो कुत्सित स्वार्थका लागि यति तलसम्म गिरेका ती दुष्ट पात्रहरुलाई कारवाही हुनुपर्छ कि पर्दैन?

राष्ट्रिय सञ्चार माध्यमले पनि यो विषयमा ब्यापक खोजबीन गर्नु र दोषीलाई नङ्ग्याउनु जरुरी छ। नत्र यस्ता घटना दोहोरिइरहन्छन् र कलिला विद्यार्थीहरु कसैको कुत्सित स्वार्थको शिकार भइरहन्छन्!

  • २३ मंसिर २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !