सर्लाही । नेपाल शिक्षक महासङ्घ सर्लाहीको अध्यक्षमा नरेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका साझा उम्मेद्वार राय आफ्ना निकटतम प्रतिस्पर्धीलाई आठ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्षमा भएका हुन् ।
यादवले ९ सय ६३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल शिक्षक सङ्घका उम्मेदवार कौशलकिशोर राय यादवले ९ सय ५५ मत प्राप्त गरेका थिए ।
महासङ्घको गाउँ, नगर र जिल्ला कार्य समिति चयनका लागि सदरमुकाम मलङ्गवास्थित पब्लिक माध्यमिक विद्यालयमा मतदान भएको थियो ।
शिक्षक सङ्गठनहरुले निर्वाचनबाट प्राप्त गरेको मतका आधारमा विद्यान अनुसार अन्य पदको बाँडफाँड गरिने निर्वाचन अधिकृत एवम् नेपाल बार एशोसिएन सर्लाहीका अध्यक्ष दीलिपकुमार झाले जानकारी दिए । महासंघको गाउँ, नगर तथा जिल्ला समितिको अध्यक्ष चयन गर्न भएको मतदानमा कुल ३हजा र दुई सय ३१ मतदातामध्ये ३ हजार १ सय ५० जनाले मतदान गरेका थिए ।