दलित विद्यार्थीलाई मुख्यमन्त्रीद्वारा चेक हस्तान्तरण

आजभोलि

धनुषा,  मङ्सिर २५

अर्जुन भुसाल

आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीलाई रु साढे तीन लाखको दरले चेक हस्तान्तरण गरेका छन्  । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुँयालसहितको उपस्थिति रहेको थियो ।

छात्रवृत्तिमा नाम निकाली नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको आर्थिक सहयोग पाउनेमा छिन्नमस्ता गाउँपालिका–२ का दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नपा–१ का रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् । दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढ्ने पहिलो व्यक्ति हुन् भने रुकेशकुमार राम र प्रमोदकुमार राम दाजुभाइ हुन ।

यसैबीच उपचार खर्चको भावमा अपाङ्ग भएका महोत्तरी पिपराका शम्भु मिश्रलाई प्रदेश सरकारले उपचारका लागि रु ५० हजार उपलब्ध गराएको छ

  • २६ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !