काठमाडौँ । काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले बिहिबारबाट प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ सुरु गर्ने भएको छ ।
छात्र र छात्रा दुवै तर्फ प्रतियोगिता हुने उक्त भिमेश्वर कप कबड्डी प्रतियोगितामा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता हुनेछ ।
विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । प्रतियोगिताको तयारी पुरा भइसकेको र बिहिबार एक औपचारिक कार्यक्रमका विच प्रतियोगिता सुरु गरिने भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृत खड्काले बताए ।