योगी आदित्यनाथ जन्तीको अगुवाई गर्दै जनाकपुरमा

आजभोलि

जनकपुर । विवाहपञ्चमीको अवसरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको रुपमा जनकपुर आएका छन् । । राम जानकीको विवाह भएको दिन प्रत्येक वर्ष विवाहपञ्चमी मानाइदै आइरहेको छ । यो पटक जन्तीको नेतृत्व मुख्यमन्त्री योगीले गरेका छन् ।

रामजानकी विवाह महोत्सवमा जन्ती  भनिएका मुख्यमन्त्री योगी भिटी यूपीरे कलसाइनको निजी विमानबाट जनकपुर विमानस्थल ओर्लिएका थिए । उनलाई सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभाका सभामुख सरोज यादव र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले स्वागत गरे ।

आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री महम्मद लालबाबु राउत गद्दीले उहाँलाई जनकपुर बिमानस्थलमा स्वागत गरेका थिए । मुख्यमन्त्री योगी आदित्यनाथले आज बिहान जानकी मन्दिरमा पुजाअर्चना गरेका थिए ।

जानकी मन्दिरमा पूजा गरेर प्रदेश २ का समकक्षी लालबाबु राउतको सरकारी निवास मधेश भवन पुगेका आदित्यनाथले मुख्यमन्त्रीसँगै फोरम महासचिव रामसहाय प्रसाद यादव र राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका अन्य सदस्य महन्थ ठाकुर, अनिलकुमार झालगायतले भेटेका हुन्।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई नागरिक अभिनन्दन गरेका थिए ।

  • २६ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !