के हुन्छ, कांग्रेसी अर्धकुम्भमाः नेतामा लफडा, कार्यकर्तामा अन्यौलता !

आजभोलि

आभोलि डेस्क, विश्लेषण । नेपाली कांग्रेसको महासमितिको बैठक अर्थात् कांग्रेसीका लागि अर्धकुम्भ शुरु भएको छ । मंसिर २८ गतेबाट शुरु हुने भनेको महासमिति एक दिन ढिला भएको छ । अर्थात् २९ बाट बैधानिक रुपमा शुरु हुदैछ ।

यो पटक कांग्रेसले गजब निर्णय गर्यो । महासमिति सदस्यलाईलाई व्यक्तिगत रुपमा सबै व्यवस्थापन गर्न उर्दी जारी गर्यो । न त गाडीको व्यवस्थापन, नत बेलुकी आवास व्यवस्था नै छ । सँगै चन्द नउठाउन कडा आदेश जारी गरेको छ । निर्णय सुन्दा असल लागे पनि यो आफैमा विवादित र अन्यौलग्रस्त छ ।

प्रतिनिधिको बिचल्ली

काठमाडौंमा आएका महासमिति प्रतिनिधि अन्यौलमा छन् । धनमानी तथा ठेकेदारहरु महंगा होटलमा ऐश आरामसँग बसेका छन् । मध्यस्तरका प्रतिनिधि सुन्धारा, बालाजु कोटेश्वर, गौशाला लगायत साधारण लजमा बसेका छन् । र, साधारण प्रतिनिधि आफन्तको डेरामा शरण लिन पुगेका छन् ।

यसरी कार्यकर्तामा विभेद गरिएको छ । जिल्लाबाट आउँदा पनि आफ्नै तरिकाले आएका छन् । कुनै जहाजबाट त कुनै गाडी बुक गरेर । तर अधिकांश सार्वजनिक बस मार्फत काठमाडौं आएका छन् । कांग्रेसीको तकडभडक यस पटक कहि कतै देख्न पाएन् ।

प्रत्येक प्रतिनिधिबाट लिएको एक हजार रुपयाँले खाने व्यवस्था गरे भने पनि पार्टीको आन्तरिक कोषबाट लगभग डेढ करोड खर्च हुने अनुमान गरिएको छ । तर पनि कार्यकर्ताको वेवास्ताले व्यवस्थापनमाथि प्रश्न उठाइएको छ ।

पार्टी बेखबर जस्तै

एक जना महासमिति सदस्यले भने, आफ्नै कार्यकर्ताको व्यवस्थापन गर्न नसक्ने पार्टीले अरु के गर्ला? प्रश्न गहन छ । आफ्नै पार्टीका कार्यकर्ताको पूर्ण व्यवस्थापन नभएपछि कांग्रेस व्यवस्थापनको आलोचना भएको छ ।

२८ गते बाट शुरु हुने भनेको कार्यक्रम २९ बाट शुरु भएको छ । यसले पनि व्यवस्थापनको लापरबाहीको नमूना दिएको छ । मंसिर २७ गतेबाट महासमिति सदस्यहरु काठमाडौंमा आएका छन् । तर पार्टी वेखबर जस्तै बनेको छ ।

सबैमा निराशा

२७ गते भएको नेपाली कांग्रेसको केन्द्रीय कमिटिको बैठक जे देखियो आमकार्यकर्ता मात्र हैन काठमाडौं आएका महासमिति सदस्य पनि निराश भएका छन् । बैठकमा जुन प्रकारको गुटगत आरोप प्रत्यारोप देखियो, त्यसले सबैलाई निराश बनाएको छ ।

बैठकमा पार्टीका आगामी नीति तथा कार्यक्रम भन्दा पनि आरोप प्रत्यरोप बढी देखियो । महासमितिमा पेश हुने नीति तथा कार्यक्रम ओझेलमा परेका छन् । नीतिमुखी भन्दा पनि नेतामुखी दबादबा देखिएको छ ।

अधुरा दस्तावेज

महासमितिमा पेश गरिने दस्तावेज अधुरा रहेको कांग्रेसीजनहरुले आरोप लगाएका छन् । महासमितिमा पेश हुन ५ दस्तावेजमा आफू अनुकुल व्याख्या गरिएको जनाइएको छ । जसको प्रतिविम्ब केन्द्रीय कार्यसमितिमा देखिएको छ ।

७ ओटा प्रदेश छलफल गरिए पनि अन्तमा आफू र आफ्नो गुटलाई फाइदा हुने खालेको प्रतिवेदन तयार पारेको जनाएको छ । सामान्य रुपमा मात्र प्रतिवेदन लेखिएकोले प्रस्तुत हुनु भन्दा पहिले सामाजिक संजलामा आलोचना शुरु भएको छ ।

वर्तमान अवस्था विश्लेषण तथा आधुनिक युगमा पार्टी निर्माणको आधारशिला भन्दा पनि तुकविहीन दस्तावेजले कुनै मार्ग निर्देश नगर्ने भन्दै कडा आलोचना शुरु भएको छ ।

देउवा-पौडेल जुहारी

महासमितिको बैठकमा पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जुहारी चल्ने संकेत केन्द्रीय कमिटिको बैठकबाट स्पष्ट भएको छ ।
विशेष गरी पार्टी विधान, संगठनको संरचना र निर्वाचिनमा भएको पराजित लगायतका विषयमा पौडेलले लामो समयदेखि फरक मत राख्दै आएका छन् ।

जिल्ला सभापतिहरुमा पौडेलको दबदबा रहेको छ । महासमिति पनि बराबरी अवस्था रहेको छ । यकारण पौडेल पक्षले आफ्नो मुद्दा स्थापित गर्न दस्तावेजमाथि प्रहार गर्नेछन् । अवश्यक परे फरकमत पनि दर्ता गर्नेछन् ।

पार्टी सभापति देउवापक्षधर भने जासरी पनि यही प्रतिवेदन पारित गराउनेमा लाग्नेछन् । उनीहरु देउवालाई चोख्याउनमा व्यस्त रहनेछ ।

पार्टीका लागि कुनै नयाँ र दिगो नीति तथा योजना आउनेमा आशंका गरिएको छ । स्वस्थ भन्दपनि गुटगत बहस भएकाले पार्टीलाई अग्रदिशामा लैजानेमा आशंका देखिन्छ ।

आया राम गया राम!

४ दिनपछि के हुन्छ त ? महासमितिको बैठक बाट । कसैसँग पनि ठोस उत्तर छैन । महासमिति सदस्य काठमाडौं आएर आफू नजिकका नेता भेट्छन । अनि उतै फर्कन्छन । नेता ४ दिनसम्म फूर्तिफार्ति गर्छन् । आफ्नो गुटको बचाउ गर्छन् । उपब्धि ठम्याउन गारो छ ।

विगतका जस्तै पदाधिकारीले दस्तावेज तयार पार्छन, पेश गर्छन । केहीले बिरोध गर्छन् । केहीले ताली बजाउँछन् । नीति पारित हुन्छ । अनि कार्यालयमा थन्किन्छ ।
पार्टी जहाँको त्यही । संगठन जस्ताको त्यस्तै । नीति जे हो त्यही । को आया । को गया । कसले के भन्यो । कसले के बोल्यो । यसले खासै असर पार्दैन ।

प्रत्येक वर्ष हुनु पर्ने महासमितिको बैठक ५ वर्ष बढीमा १ चोटी आयोजना हुन्छ । जसले ४ वर्षको एकमुष्ट कार्य गर्दछ । कुम्भ नहुाउन गएका भक्तजनहरुले गंगामा ननुहाई फर्के जस्तै कांग्रेसी पनि अन्यौलतामा गाउँ फर्किनेछन् ।

  • २८ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !