काठमाडाैँ,
आगामी फागुन ३ गते भ्यालेन्टाइनको दिन पारेर प्रदर्शनमा आउने फिल्म बुलबुलको ट्रेलर सार्वजनिक भएकाे छ।
फिल्म बुलबुलमा नायिका स्वस्तिमा खड्कालार्इ टेम्पो ड्राईभरको भूमिकामा दर्शकले देख्न पाउनेछन्। ट्रेलरकाे छाेटाे दृश्यमा नै नवनायक मुकुन भुषालको अभिनय दमदार देखाइएकाे छ भने नायिका स्वस्तिमालार्इ दरूस्तै टेम्पो ड्राईभरको हुलियामा प्रस्तुत गरिएकाे छ।नायिका स्वस्तिमाले यस फिल्मबाट निकै अाशा गरेकी छिन् भने अाफ्नाे अभिनय करियरमा याे फिल्म महत्वपूर्ण रहने पनि बताएकी छिन्।
निर्माता अविरल थापा रहेकाे फिल्ममा निर्देशन भने विनोद पोडेलकाे रहेकाे छ। सुसन प्रजापतिले छायाँकन गरेकाे फिल्ममा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ्ग, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।