अरिंगाले मन्त्री बाँस्कोटाका बकम्फुसे कुरा

आजभोलि

लेखक-भिम उपाध्याय

सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ऐनकानुन पढ्नु पालन गर्नु छैन, उल्टा कुरा गर्छन् । ऐनकानुन सरकार बाहेकले मात्र पालन गर्नु पर्ने ठान्दारैछन् । ‘चिडियाखानामा राख्नुपर्ने मान्छे क्याविनेटमा छन् ।’ सुनौं उनका महाउल्लु कुरा !

सरकारले स्वास्थ्य मन्त्रालयमा चिकित्सा क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई सचिव नियुक्त गरेको भन्दै स्वास्थ्य मन्त्रालयका कर्मचारी र चिकित्सकले विरोध जनाइरहेका छन् । सरकारले स्वास्थ्य ऐनविपरीत सचिव नियुक्त गरेको चिकित्सकको आरोप छ ।

यही विषयमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सरकारले सबै प्रक्रिया पूरा गरेरै सचिव नियुक्तिको निर्णय गरेको बताए । स्वास्थ्य मन्त्रालयमा पनि प्रशासन हुने भएकाले योग्य व्यक्ति नै सचिवको रुपमा नियुक्त गरिएको उनले बताए ।

चिकित्सकहरुले चिकित्सा क्षेत्रको मान्छे नै सचिव हुनुपर्ने माग गरिरहेका छन् । चिकित्सकको मागप्रति व्यंग्य गर्दै मन्त्री बाँस्कोटाले भने, त्यसो भए सञ्चार मन्त्रालयमा इन्जिनियर सचिव चाहिन्छ । भौतिक मन्त्रालयमा त झन् महाको इन्जिनियर चाहिन्छ, खानेपानीमा पनि सेनिटेसनको इन्जिनियर चाहियो, ऊर्जा मन्त्रालयमा हाइड्रोलोजिस्ट चाहियो होला ।

बाँस्कोटा यत्तिमै रोकिएनन् । उनले प्रश्न गरे, यसरी भन्ने हो भने त प्रधानमन्त्री कार्यालयमा कस्तो सचिव चाहिन्छ होला ? जवाफ पनि मन्त्री बाँस्कोटासँग नै थियो । उनले जवाफ दिए, हाम्रो अघिल्लो शताब्दीको महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनजस्तो दिमाग भएको मान्छे मूख्यसचिव चाहिन्छ

चिकित्सकहरु भने चिकित्सा क्षेत्रको मान्छे सचिव नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । आन्दोलन गर्छौं भनिरहेका चिकित्सकलाई संकेत गर्दै मन्त्रीले भने, ‘अब आन्दोलन गर्छौं भनिरहनुभएको छ । हामीले नगर्नुहोस् मात्रै भन्ने हो । तर, स्वास्थ्य सेवा, खाद्य क्षेत्र र टेलिकम्युनिकेसन जस्ता अत्यावश्यक क्षेत्रमा आन्दोलन गर्दा कुन कानुन प्रभावित भएर आउला, तपाईंहरुले विचार गरेर आउनुहोला ।

तर अरिंगाले मन्त्रीले पहिले कानुन पढून । निजामति सेवाको सचिव क्लष्टरको पद हुन्छ । स्वास्थ्य क्लष्टर, ईन्जिनियरिंग, कृषिवन, परराष्ट्र, महालेखा, प्रशासन, न्याय।
मन्त्रालयहरू यिनै ८ किलष्टरमा बॉडेर राखिएको छ ऐन नियममा ।

जुन मन्त्रालय जुन क्लष्टरमा पर्छ सोही सेवाको क्लष्टरको सचिव पदस्थापन गर्नुपर्छ। नत्र कानुन विपरित हुन्छ । कि ऐन र नियम संसोधन हुनुपर्यो कि क्लष्टर बमेजिम सचिव राखेर कानुन मान्नुपर्यो ।

अरिंगाले तर्क गरेर राजकाज चलाउनु भनेको अव्यवस्था र अराजकता हो । यसले मुलुक दुर्घटनामा जान्छ र दुईतिहाई सरकारको ‘दुश्चचरित्र’ मात्र प्रदर्शन गर्नेछ ।

  • २९ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !