संग्रौलाले भने, कम्निस्टका निधारका कलङ्क? हैट्, खानका काल !

आजभोलि

काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले ट्वीट गर्दै मन्त्री तथा सांसदले लिएको दोहोरो घरभाडप्रति कडा बिरोध जनाएका छन् । उनले पैशाका लागि दोहोरो घर लिदा पनि लाज नभएको भन्दै वर्षमान पुन शक्ति बाँस्कोटाको नामै उल्लेख गरेर बिरोध जनाएका छन् ।

वर्षमान पुन र ओनसारी घर्ती तथा शक्ति बस्नेत र सत्या पहाडी श्रीमान् श्रीमत हुन् । तर दुबैले घरभाडा बुझेको प्रति व्यंग्य गरेका छन् । पुन जलश्रोत मन्त्री हुन भने बस्नेत वन तथा वातावरणमन्त्री समेत हुन् । उनी मन्त्री क्वाटरमा बस्छन् तर घरभाडा पनि बुझ्छन् ।

काठमाडौमा घर हुने पनि घरभाडा लिएको संचारमाध्यममा आएको छ । यसले सांसदको नैतिकता र पारदर्शीको छबिमाथि गम्भिर प्रश्न खडा गरेको छ ।

संग्रौलाले ट्वीट गरेका छन्, ”मन्त्री वर्षमान पुन र शक्ति बस्नेतसँग क्वाटरमा बस्ने पत्नी सांसद ओन्सारी घर्ती र सत्या पहाडी पनि घरभाडाको रकम हसुर्दै ? पतिको मन्जुरीसाथ ? घरविनाका भूकम्पपीडित,सुकुम्बासी,अमुक्त कमैया यिनलाई के भन्दा हुन् ? कम्निस्टको बिल्ला भिरेका लुटेरा ? कम्निस्टका निधारका कलङ्क ? हैट्,खानका काल!”

उनले मन्त्री पन र बस्नेतलाई गम्भिर आरोप लगाएका छन् । यसरी काठमाडौंमा घर भएका तथा मन्त्री भएकाले पनि दोहोरो घरभाडा लिएको कुरालाई लिएर आलोचना भइरहेको छ ।

  • २९ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !