सरकारद्वारा कृषिमा २३ प्रकारका तालिम प्रदान गर्ने : निर्देशिका स्वीकृति

आजभोलि

काठमाडौं। सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई आर्कषित गर्ने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ हालै स्वीकृत गरिएको छ ।

जाँगरिला र इच्छुक बेरोजगार युवालाई कृषिमा गोलबद्ध हुन आग्रह गर्दै कृषि सहकारी तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम सञ्चालन गर्न सो निर्देशिका लागू गर्न लागेको मन्त्रालयले जनाएको छ ।

तालीम बेरोजगार युवालाई व्यवसायिक किसान बनाउने, किसानको पहुँच अनुसन्धान स्थल र वैज्ञानिकसँग पु¥याउने र निर्वाहमुखी कृषिलाई परिवर्तन गरी व्यवसायिक र नाफामूलक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको कृषि, सहकारी तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिनुभयो ।

तालीममा खाद्यान्न तथा नगदेबाली, फलपूmल, तरकारी, पूmल र मसला बाली, पशुपक्षीपालन, पशु स्वास्थ्य, डेरी तथा मासु प्रविधि, चरन र घाँसेबाली, कृषि वन, च्याउ उत्पादन, मौरी, माछापालनसम्बन्धी विषयमा प्रशिक्षण गरिन्छ ।

माटो र सिँचाइ, किट, बालीरोग विज्ञान, खेती प्रणाली, दलहन, तेलहन, औद्योगिक बाली, खाद्य विज्ञान, पोष्ट हार्वेष्ट, कृषि यान्त्रिकीकरण, जैविक र प्राङ्गारिक, आइपिएम प्रविधि, व्यावसायिक योजना, मूल्य शृङ्खला, उद्यमशीलता, विकास र बजार व्यवस्थापनका बारेमा तालिममा जानकारी दिइन्छ ।

सहभागी इच्छुक युवाले स्थानीय निकायको वडाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुखबाट बेरोजगार युवा हो भनी सिफारिस गरेको हुनुपर्ने प्रावधान निर्देशिकामा छ ।

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतका किसान अतिथि घरबाट आवासीय तालीम दिन लागिएको हो । सातदेखि १५० दिनसम्म, १८ वर्ष पूरा भई ४५ ननाघेका युवा तालीममा सहभागी हुनसक्ने छन् ।

प्रशिक्षार्थी छनोट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षतामा गठित समितिले गर्ने व्यवस्था निर्देशिकामा छ । अन्य सदस्यमा राष्ट्रिय किसान आयोग, उद्योग वाणिज्य महासङ्घ, बाली तथा बागबानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धान र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रतिनिध समावेश हुनेछन् ।

सहभागी हुन आवेदन शुल्क लाग्ने छैन भने भर्ना शुल्क केन्द्रीयस्तरमा रु ५०० प्रदेश र स्थानीयस्तरमा रु १०० तोकिएको छ । प्रशिक्षार्थीलाई खाना, खाना र आतेजाते खर्च, आवास, एप्रोन, स्टेसनरी, र आवश्यक अन्य सामग्री नार्कले उपलव्ध गराउने छ ।

file photo

  • १ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !