काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक तोकिएको समयभन्दा २ दिन बढी लम्बिने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाए अनुसार महासमितिमा बहस तथा छलफल जारी रहेकाले बैठक लम्बिने जनाएका हुन् ।
बाँकी २ दिनको बन्दशत्र पार्टी कार्यालय सानेपा हुनेछ । पार्टी कार्यालय परिसरमा बन्दडाल निर्माण गरी व्यवस्थापन गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।
विधानमा रहेको विवादका कारण मंगलवार बिहानको शत्र स्थिगित गरिएको थियो । ३ बजेपछि मात्र शत्र शुरु गरिएको थियो ।
विधानमा पदाधिकारीको संख्यामा सहमति भएको छ । अव पार्टीको संगठनको संरचना र महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहमति हुन बाँकी रहेको सचिवालयले जनाएको छ ।