अन्तरविद्यालय भिमेश्वर कप कबड्डी प्रतियोगिता सम्पन्न

आजभोलि

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काँडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले ‘प्रथम जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सम्पन्न गरेको छ ।

शनिबार विजयी विद्यार्थी तथा टिमलाई पुरस्कृत गर्दै प्रतियोगिता सम्पन्न गरेको हो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का केन्द्रिय महासचिव सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त समापन कार्यक्रममा नेसनल प्याब्सन प्रदेश नम्वर ३ का उपाध्यक्ष प्रकाश चन्द्र खड्का, नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, विभिन्न स्कुलका प्रिन्सिपल, प्रतियोगितामा सहभागि भएका विद्यालयका प्रतिनिधि, कबड्डीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

छात्र र छात्रा दुवै तर्फबाट सहभागि गराईएको उक्त कबड्डी प्रतियोगितामा छात्रतर्फ संक्रेड हार्ट एकेडेमी प्रथम भएको छ । हर्टल्याण्ड एकेडेमी दोश्रो, भिमेश्वर एकेडेमी र न्यु अरुणदय माध्यमिक विद्यालय तेश्रो भएका छन् ।

यस्तै छात्रातर्फ विजेश्वरी मन्दिर सैनिक माहा विद्यालय प्रथम भएको छ भने कन्या मन्दिर माध्यमिक विद्यालय दोश्रो, हर्टल्याण्ड एकेडेमी र प्यारा माउण्ट एकेडेमी तेश्रो भएका छन् ।

विजयी छात्र र छात्राका प्रथम, द्धितीय र तृतीय विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका निर्णायकलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

यस्तै सहभागि सम्पुर्ण विद्यालयलाई प्रमाण–पत्र दिईएको थियो । मंसिर २७ गतेदेखी ३ दिनसम्म चलेको उक्त प्रतियोगितामा छात्र र छात्रा गरि २८ टिमको सहभागिता रहेको थियो ।

  • ५ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !