चित्र माया श्रेष्ठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा शुक्रवार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । उक्थ दुर्घटनामा परी १५ जना घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु भएका थप छ जनाको सनाखत भएको छ । चन्दनाथ-६ जुम्लाकी १६ वर्षीया कुशुम रावल, भेरी नगरपालिका–४ जाजरकोटाका १७ वर्षीय अतिस नेपाली, कञ्चनपुर जिल्ला कृष्णपुर–५ का १७ वर्षीय खेमराज भट्ट, जुम्ला चन्दननाथ-३ बुढतावाडाका १९ वषीय हिक्मत बोहरा, बबई गाउँपालिका-५ बस्ने २१ वर्षीया कविता खत्री र जुम्ला हिमा गाउँपालिका-५ की १७ वर्षीया शैलजा शाही लगायतका रहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मृत्यु भएकाहरुको मध्ये अधिकांशको सनाखत लागि उनीहरुको आफन्तलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएक छन् । अन्यको सनाखत हुने क्रम जारी छ । जसमा ४ महिला र १९ पुरुष रहेका छन्।