वीपीसँग भेट हुने प्रस्ताव, मलाई अत्यन्त उत्सुकताले प्रतिक्षा गरिहेको हर्षको विषय बनेको थियो । त्यस बखतसम्म मैले वी. पी.लाई धेरै पटक पढेर, सुनेर निकै धेरै जानिसकेको थिए । वी. पी.सँग भेट भएपछि जीवनभर संकल्पितभएर हिँड्ने आफूले खोजेको बाटो अवश्यक पाउँछु भन्ने मलाई कताकताभित्रीमनमा पूर्ण विश्वास जागेर आएको छ । २०१५ सालको घोषणापत्रमा एउटा गाई पाल्ने परिवारको वी. पी.ले जुन सपना देख्नु भएको थियो, त्यो जागेको बेला थियो भन्ने एकसरो बुझ्ने भइसकेको थिए…………. ।
दुई तिहाई बहुमतको प्रधानमन्त्री, अन्यायपूर्ण ढंगले आठ आठ बर्ष जेल कोचिएका अहिले निर्वासनमा भौतारिरहनुपरेको धेरै क्रुद्ध र आक्रमक शैलीको व्यक्ति हुनुहोला भन्ने कल्पना गरेको थिएँ । आफूलाई पनि वहाँको अगाडि त्यही ढंगले प्रस्तुत हुने सोच बनाइराखेको थिए ।
पहिलो दृश्य मैले त्यस्तै आखाँले हेरे । आम मानिस भन्दा अलिकति अग्लो भव्य फुर्तिलो व्यक्तित्व भेटिनुभो । आखामा अपार शान्ति र आनन्दको सागर जस्तो चेत मैले कल्पना गरेको आक्रोस, क्रोध, उत्तेजना कतै देखिएन् । वहाँको कुरा गर्ने शैली थाहै नपाई आत्मीयभावमा आइपुग्ने हुँदो रहेछ………………….. ।
कुनै पनि नयाँ कार्यकर्तासँग परिचय हुँदा पहिले जन्मस्थान, घरपरिवार, सुखदुःख सबै सोधपुछ गर्नुहुदोरहेछ । मसँग भएको कुराले ए पटक त चकित पारिदिनुभयो ……………… ।
२०१६ सालमा घोडामा चढेर वरिपरिका माछापुच्छ«े, अन्नपूर्ण, पञ्चासेजस्ता मनोरम गर्ने दृश्य अवलोकन गर्दै एक पटक हिडेको धुलेटो बाटोको एउटा सामान्य खरबारीको ओरालोलाई १० बर्षपछिसम्म उस्तै गरी सम्झनु भनेको सामान्य मानिसबाट सम्भावना हुने केरै थिएन ।
विलक्षणको एउटा सिद्धता आलौकिक वरदान नभई सम्भव हुने कुरा थिएन । यो के तथ्यको प्रमाण थियो भने वी पी ले नेपाल आमाको तस्बिरलाई हनुमानले रामको तस्बिर हृदयमा राखेजस्तै गरी राख्नु भएको थियो भन्ने मलाई लाग्दछ ।
(शुक्रराज शर्माको कांग्रेसमा सङ्कल्पित ५२ वर्ष नामक पुस्तकबाट)