नेपाल आइडल रबीलाई मातृ शोकः जीतको खुशीमा रमाउन नपाउँदै पारिवारिक पीडा !

आजभोलि


कैलाली । नेपाल आइडल २ का बिजेता रबी ओडलाई मातृ शोक परेको छ । उनकी आमा विष्णा ओडको बुधबार करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने क्रममा करन्टर लागेर मृत्यु भएको परिवारजनले जनाएका छ ।

करेन्ट लागेपछि उपचारको लागि सेती अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

विष्णा रबीको कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएकाले विष्णाले रबीलाई पालन पोषणा तथा हुर्काइकी थिइन् ।

रबीले नेपाल आइडल जितेपछिको विष्णाको खुशी लामो समय टिकेन । उनको छोराले ठूलो मान्छे भएको हेर्ने धोको पूरा भएन् । उनले रबी नेपाल आइडलभएपछि भनेकी थिइन, मेरो छोरा मेहनति छ, यसले धेरै दुःखा पाएको छ ।, यसकारण ठूलो मान्छे भएको हेर्ने धोको छ, भनेकी थिइन ।

तर दैवले उनको सपना त साकार बनाए । तर उनले खुशी र रबी ठूलो मान्छे भएको हेर्न पाइनन् । रबीले पनि आफ्नो परिवारलाई सुख दिने सपना पूरा भएन । जितेको कार नलिएर पैशा लिने र घर बनाएर आमालाई सुख दिने उनको सपना पनि साकार हुन पाएन् ।

जन्म दिने आमा सानैमा गुमाएका रबीले कर्म दिने आमा पनि कलिलो उमेर गुमाउँदा निकै दुःख झेल्नु परेको छ । उनका आगामी संघर्षका दिन पनि कठिन हुने उनको आफन्तले जनाएका छन् ।

  • ११ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !