चित्र माया (विमला) श्रेष्ठ, मन्थली । रामेछापको रामेछाप बजारमा आगलागी भएको छ । बुधबार बिहान करिब २ बजे तिरको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताए ।
आगलागीबाट मानवीय क्षेति नभए पनि लाखौको धनमालमा क्षेति पुगेको छ । नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्राणमा आएको प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । आगो लाग्नुको कारण नखुलेको र त्यसको अनुसन्धान भइरहेको प्रबक्ता अदालतले बताए ।
११ पुस, काठमाडौं । नेपाल आइडल सिजन( २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।