समाचार लेखेकै कारण प्रहरीद्वारा पत्रकार बिक गिरफ्तार (यस्तो थियो समाचार)

आजभोलि

बझाङ । पत्रकार गणेश बिकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको सदरमुकाम चैनपुरबाट प्रहरीले विहीबार बिकलाई समाचारको विषयलाई लिएर गिरफ्तार गरेको हो । साईपाल डटकमका संचालक तथा सम्पादक समेत रहेका बिकले ‘बझाङमा घुमुवा प्रहरीको मिलापत्रमा लागु औषध चरेश विक्री वितरण’ शिर्षकमा समाचार लेखेका थिए ।

 यस्तो थियो बिकले लेखेको समाचारः 

बझाङमा पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा लागु औषध चरेश विक्री वितरण गरेको छ । प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा लागुऔषध चरेस बिक्री बितरण गरेको सूचनाहरु बाहिर आउँदा पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यससँग समन्धीत सरोकारवाला निकायहरु मौन बनेका छन् ।

जिल्लाकै अति संवेदनशील मानिने सदरमुकाम चैनपुरको धेरै जसो स्थानमा रहेका लागुऔषध चरेस बिक्री बितरण गर्ने अखडाहरुमा दैनिकी रुपमा करौडौंको चरेस बिक्री वितरण गरेको तथ्य बाहिर आएको छ । प्रहरीको प्रत्यक्ष संग्लनबाट बझाङको बसपार्क, सिमखेत, चैनपुर, गोलाई, पडेस, प्रहरीकै सङ्लग्नतामा लागु औषधचरेस बिक्री बितरण सूचनाहरु बाहिर आएको छ ।

जिल्लामा भैरहने अपराध अनुसन्धानमा खटीने धुमुवा प्रहरी र डिउटीमा खटिने प्रहरी अपराधविरुध खटिनुको सााटो लागु औषध चरेस बिक्री वितरण सुरक्षामा पछि लागिरहेको सदरमुकाम चैनपुरका स्थानियवासीहरु बताउँछन् । ‘म नेपाल प्रहरीको क्षेत्रीय घुमुवा प्रहरी हुँ’ भन्दै लागुऔषध चरेस विक्री वितरण गर्ने व्यक्तिबाट पैसा असुली गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ । सदरमुकाम चैनपुरमा प्रहरीको लापरवाहिका कारण दिनानु चोरीका घटाना घटिरहेका छन् ।

केही अघिमात्रै दिउँसै अभि भनिनेको बोहराको कानमा लगाएको मुन्द्रा चोरी भएको थियो । त्यस लगत्तै सदरमुकाम चैनपुरकै मेन चैराहमा रहेको चन्द्र मोवाईल ग्यालरीमा चोरी हुदा लाखौ रुपयौ चोरी गर्नुका साथै मोवाईल ग्यालरीमा रहेका मोवाईल ल्याप्टप रुपैयाँ चोरी भएको थियो ।

  • १९ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !