सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने

आजभोलि

२०७५ साल पुस १३ गते शुक्रबार र पुस १६ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू सुनाउने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा के सरकारले पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउछ? जबाफ दिदै सञ्चारमन्त्रि गोकुल प्रसाद बास्कोटाले सरकार राष्ट्रिय एकताको विपक्षयमा रहला र भन्दै प्रति प्रश्न गर्दै ?
हाम्रो देशको भुगोल, विभिधता, जनता, भाषाको प्रतिनिधित्व गर्ने राष्ट्रिय एकता दिबस मनाउने जानकारी दिदै सरकारको पछिलो मन्त्रिपरिषदका निम्न निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन ।
१. विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

२. नेपाल सरकारले घोषणा गर्ने सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न माननीय गृहमन्त्री, माननीय सहरी विकास मन्त्री र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरिएको छ ।
३. साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृत गरिएको छ ।
४. ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।
५. नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
६. स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
७. राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
८. आर्थिक वर्ष २०७५÷७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ५३६।५६ निर्धारण गरिएको छ । उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम प्रति क्विन्टल रु. ६५।२८ अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ । चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल रु. ४७१।२८ मा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्नेछ ।
९. निम्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ–
– माथिल्लो स्यांगे खोला साना जलविद्युत आयोजना (२.४० मे.वा.) का लागि
– चूनढुंगा उत्खनन कार्यका लागि
– पत्थरकोइला उत्खनन योजना सञ्चालनका लागि
– याम्बालिङ खोला जलविद्युत आयोजना (७.२७ मे.वा.) का लागि
– रसुवा–भोटेकोशी जलविद्युत आयोजना (१२० मे.वा.) का लागि
– पाथिभरादेवी दर्शन केवलकार योजना सञ्चालन गर्नका लागि
१०. बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) र बर्दघाट सुस्ता पूर्व (नवलपरासी) का जिल्लाहरूमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्न स्वीकृति दिइएको छ ।
११. बसोबास क्षेत्रका रुख हटाउन र मुक्त कमैया बसोबास क्षेत्रका रुख हटाइ व्यवस्थापन गर्न स्वीकृति दिइएको छ ।
१२. गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाल (झापा) लाई नियुक्त गरिएको छ ।

१३. निम्न अस्पतालहरूलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ–
– कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ
– नारायणी उप–क्षेत्रिय अस्पताल, वीरगञ्ज, पर्सा
– भरतपुर अस्पताल, चितवन
– भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके
– डडेलधुरा उप–क्षेत्रिय अस्पताल, डडेल्धुरा

  • १९ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !