राष्ट्रिय बिदा १३ दिन बढाउने तयारी,अर्काे वर्षदेखि लागू हुने

आजभोलि

राष्ट्रिय बिदा १३ दिन बढाउने तयारी,अर्काे वर्षदेखि लागू हुने


सरकारले राष्ट्रिय बिदा बढाउने भएको छ । विभिन्न समुदायको दबाबपछि सरकारले अर्काे वर्षदेखि लागू हुने गरी बिदा बढाउन लागेको हो । राष्ट्रिय बिदा पुनरावलोकनका लागि मन्त्रिपरिषद्ले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको समितिले १३ दिन बिदा बढाउन प्रस्ताव गरेको छ ।  गृह मन्त्रालयका अनुसार वैशाख पूर्णिमामा मनाइने उँभौली र मंसिर पूर्णिमामा मनाइने उँधौलीमा बिदा दिन प्रस्ताव गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ र किरात समन्वय समितिको सिफारिसमा दुई दिन बिदा दिन लागिएको हो । राष्ट्रिय मुस्लिम गठबन्धनको सिफारिसमा इदुल फित्र, नेपाल मुस्लिम संघको सिफारिसमा बकर–इद र जमियत उल्मको सिफारिसअनुसार मोहम्मद जयन्तीको अवसरमा तिथिअनुसार बिदा दिन प्रस्ताव गरिएको छ । 

राष्ट्रिय क्रिस्चियन महासंघ र सर्वाेच्च अदालतको आदेशअनुसार २५ डिसेम्बरमा मनाइने क्रिसमसमा पनि सार्वजनिक बिदा हुने भएको छ । त्यस्तै, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा पनि बिदा दिने तयारी छ । सोनाम र ग्याल्बो ल्होसार कुनै वर्ष एकै दिन तथा कुनै वर्ष फरक–फरक दिनमा पर्ने गरेको छ । ल्होसारमा बिदा दिन नेपाल शेर्पा संघ, नेपाल आदिवासी जनजाति महासंघलगायत संस्थाले सिफारिस गरेका थिए । 

त्यस्तै, छठ पर्व, ऋषिपञ्चमी, माघी पर्व र जनैपूर्णिममा पनि राष्ट्रिय बिदा दिन लागिएको छ । जनै पूर्णिममा बिदा दिन राष्ट्रिय ब्राह्मण समाजले माग गरेको थियो । सरकारले गत वर्ष सार्वजनिक बिदा कटौती गरी ४० बाट १५ मा झारेको थियो । तर, आफूहरूको महत्वपूर्ण चाडमा बिदा कटौती भएको भन्दै विभिन्न समुदायले असन्तुष्टि जनाएपछि सरकारले पुनरावलोकन गर्न लागेको हो । धेरै बिदा हुँदा त्यसले देशको अर्थतन्त्रमै असर गरेको भन्दै कटौती गरेको थियो । गृहमन्त्री नेतृत्वको समितिमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई सदस्य छन् । 


शुक्रबार ४ बजेसम्म  सरकारी कार्यालय खोलिने 
समितिले फागुनदेखि १५ कात्तिकसम्म शुक्रबारको दिन अपराह्न ४ बजेसम्म सरकारी कार्यालय खोल्न प्रस्ताव गरेको छ । हाल शुक्रबार ३ बजेसम्म मात्र कार्यालय खुल्ने गरेका छन् ।

  • २० पुष २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !